PRABHU BANK

गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Garima bikas bank
  • बैंकिङ संसार
काठमाडौं । ‘एसिस टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते आफ्नो स्थापनाकालको १५ औँ वर्ष पूरा गरी १६ औँ वसन्तमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
बैंकले विगत वर्षहरुमा झैँ यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ । बुधबार केन्द्रीय कार्यालयसहित कोहलपुर, बेनी, बुटवल, वालिङ, पोखरा, नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका बैंकका कलस्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम गरिएको छ । बैंकले आयोजना गरेको ती रक्तदान कार्यक्रममा ६१३ युनिट रगत संकलन भएको छ ।
यसैगरी बैंकले १६औं वार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभचिन्तकप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । हाल बैंकले रु. ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु.६३ अर्ब कर्जा लगानीमा रहेको छ ।
करिब ७ लाख ग्राहकलाई सेवा पुर्याइरहेको बैंकले आफ्नो वासलात एवम् अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै