काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
लघुवित्तले फिल्ड सञ्चालनका लागि कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
लघुवित्तले कनिष्ठ सहायक पद (सहायक श्रेणी) का लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट १०२ वा सो सरह उत्तीर्ण भई कम्प्युटर (इमेल, इन्टरनेट, अफिस प्याकेज) तथा लघुवित्त सफ्टवेयर चलाउन सक्ने हुनुपर्ने जनाएको छ ।
साथै, महुली लघुवित्तको स्थानीय सहजकर्ताको रूपमा ६ महिनाभन्दा बढी काम गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्। प्रशिक्षार्थी कनिष्ठ सहायक (सहायक श्रेणी) पदका लागि पनि १०२ उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएको र दुईपाङ्ग्रे सवारी साधनसहित लाइसेन्स भएको हुनु पर्नेछ।
महुली लघुवित्तमा स्थानीय सहजकर्तामा कार्यरतले पनि आवेदन दिन सक्नेछन्। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजातसहित वैशाख २० गते कार्यालय समयभित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

