PRABHU BANK

माछापुच्छ्रे बैंकले गर्यो आफ्ना सेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश दिने घोषणा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 
बैंकले बोनस र नगद लाभांश गरि कुल १०.४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकको असोज १ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेशेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।
बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । उक्त लाभांश वितरणपश्चात् बैंकको चुक्ता पुँजी ९ अर्व माथि हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै