समता घरेलु लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको छ। लघुवित्तको ३ लाख १४ हजार बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको हो ।

संस्थाको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिएको छ। जसअनुसार संस्थाको ३ लाख १४ हजार ३९९.९७ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको छ।

योसँगै अब संस्थामा संस्थापक सेयरधनीको सेयर स्वामित्व ५९.११ प्रतिशत र सर्वसाधारणको ४०.८९ प्रतिशत कायम भएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै