इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले चैत २७ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो।

लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २४ हजार ६३९ कित्ता सेयर बिक्रीमा राखेको हो।

सो सेयर खरिदका लागि संस्थाले पहिलो प्रथामिकता संस्थापक सेयरधनीलाई दिने जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै