काठमाडौँ। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्ड (प्रिपेड, डेबिट, क्रेडिट) प्रयोगबारे जानकारी दिइएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्ड (प्रिपेड, डेबिट, क्रेडिट) प्रयोगबारे जानकारी दिएको हो।
राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानीलाई बढावा दिइरहेको छ। विद्युतीय भुक्तानीको एउटा महत्वपूर्ण औजार भनेको भुक्तानी कार्ड हो।
विद्युती भुक्तानी कार्डबाट विभिन्न वित्तीय गतिविधि गर्न सकिन्छ। यसबारेमा प्रस्ट पार्न आज राष्ट्र बैंकले सचेतनामूलक सन्देश पनि जारी गरेको छ।
राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको सुविधाका लागि भुक्तानी कार्ड (प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड)बाट निम्नलिखि सेवा लिन सकिन्छ।
मुख्य कुरा के छन् ?
भुक्तानी कार्ड प्रयोग गर्दा तपाईंले यी सेवाहरू लिन सक्नुहुन्छ:
खातामा रहेको मौज्दात र कारोबार विवरण हेर्न, ATM वा Cash Deposit Machine बाट नगद झिक्न वा राख्न, पसल वा सेवा खरिद गर्दा PoS/PoT मेसिन वा इन्टरनेटमार्फत भुक्तानी गर्न, अर्को व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न सकिन्छ।
कार्डका प्रकार
प्रिपेड कार्ड
डेबिट कार्ड
क्रेडिट कार्ड



