काठमाडौँ। एनएमबि लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले प्रकाशित गरेको सूचनाअनुसार देशभरका शाखा कार्यालयहरूका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको हो।
लघुवित्तले सहायक प्रशिक्षार्थी, वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, कृषि प्राविधिक, शाखा प्रमुख र फिल्ड सहायक पदका लागि पनि जागिर खुलाएको हो ।
इच्छुक उम्मेदवारले लघुवित्तको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन वैशाख ७ गतेभित्र दिन सक्नेछन्। लिखित परीक्षा र अन्तर्वार्तामार्फत कर्मचारी छनोट गरिनेछ। सवारी चालक अनुमति पत्र भएका तथा ग्रामीण क्षेत्रमा काम गर्न इच्छुक उम्मेदवारलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
पदअनुसार शैक्षिक योग्यता फरकफरक तोकिएको छ। सामान्यतया प्रमाणपत्र तहदेखि स्नातक तहसम्म उत्तीर्ण तथा सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
संस्थाका नियमअनुसार तलब, भत्ता तथा स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइनेछ। यो हेर्नुहोस्:


