नारायणी डेभलपमेन्ट बैंकमा नेगेटिभ सर्किट, नेप्से १०५.५ अंकले घट्यो !

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। चैत २२ गते अर्थात् आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको हो।

नेप्से घट्दा नारायणी डेभलपमेन्ट बैंकसहित ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

आइतबार नेप्से परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै