अब हप्ताको दुई दिन बैंक बिदा हुने, बैंकरहरू खुशी !

काठमाडौँ। अब हप्ताको दुई दिन बैंक बिदा हुने भएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने गरेसँगै अब हप्ताको दुई दिन बैंक बिदा हुने भएको हो।

नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वका निकाय भएकाले यी संस्थाहरूमा आइतबार स्वत: बिदा हुनेछ। बैंक तथा वित्तीय संस्थाहरको नियामक निकाय राष्ट्र बैंक नै बिदा हुँदा अन्य निजी क्षेत्रका बैंकहरु पनि बिदा हुने भएका हुन्।

एकिकृत निर्देशनको १४ नम्बर निर्देशनको बुँदानम्बर ३ मा कार्यालय समय सम्बन्धिी व्यवस्थामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक खुलेको दिन तथा यस बैंकको बैकिङ कार्यालयले बैकिङ कारोवार गर्ने समयसम्म इजाजतपत्रप्राप्त संस्थाहरुले अनिवार्य रुपमा आफ्नो कार्यालय खोली बैकिङ कारोवार सञ्चालन गर्नु पर्नेछ।

तर, इजाजतपत्रप्राप्त संस्थाहरुले नेपाल राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य विदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा यस बैकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रुपमा जानकारी दिनुपर्नेछ।’

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै