DISH HOME

सेञ्चुरी कमर्सियल बैंकले ऋण नतिर्ने ऋणीहरुलाई कालो सूचीमा राख्ने

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड ऋण उठाउन आक्रमक भएको छ । बैंकको शाखा कार्यालयबाट विभिन्न शिर्षक अन्तर्गत ऋण लिए वापत बैंकलाई समयमा तिर्नु पर्ने साँवा र व्याज नतिरी बैंकसँग भएको ऋण कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गरेकाले बैंक ऋण उठाउन आक्रमक बनेको हो ।
बैंकले सम्पुर्ण रकम भुक्तान गर्न ऋणीलाई पटकपटक मौखिक र लिखित रुपमा तरताकेत गर्दासमेत बैंकको ऋण कर्जा चुक्ता भुक्तानी गर्न तर्फ ऋणीले कुनै चासो नदिएको बैंकले जनाएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै यो सूचना जारी भएको ३५ दिनभित्र बैंकम सम्पर्क राखि आफूले लिएको ऋणकर्जाको सम्पुर्ण सावाँ, व्याज, थप व्याज आदी चुक्ता गर्न बैंकले आगैह गरेको छ । अन्यथा
ऋणीले ऋण नतिरे प्रचलित कानून तथा बैंक नियमानुसार धितो लेखिदिएको चलअचल सम्पतिहरु कब्जा गरी लिलाम बिक्री गरी बैंकको लोन असुल उपर गरिनुका साथै नियमअनुसार ऋणी तथा जमानाकर्ता समेतलाई कर्जा सूचना केन्द्रमा कालो सूचीमा सूचीकृत गरिने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै