काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको छ। लघुवित्तको पौने १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको हो ।
संस्थाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना परिमार्जन गर्न १५ लाख ७४ हजार ९९५.९९६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको थियो।
अब संस्थापक संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।

