काठमाडौँ। ग्राहकको खातामा राखिएको मोबाइल नम्बर परिवर्तन गर्ने, र मोबाइलमा कारोबारको मेसेज नजाने बनाएर ग्राहकको रकम आफ्नो खातामा सार्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी पक्राउ परेका छन् । निष्क्रिय रहेका खाताबाट यसरी रकम चोर्ने रिशव कार्की पक्राउ परेका हुन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ग्राहकको रकम सबैभन्दा बढी चोरी हुने बैंक हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा फिक्स्ड डिपोजिट राख्न आउनेको रकम आफैंले चलाउने र निक्षेपकर्तालाई नक्कली भौचर दिएर पठाउने कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
फिक्स्ड डिपोजिट एक बर्षभन्दा कम समयको लागी नहुने व्यवस्थाको दुरुपयोग गर्दै सो रकम आफैं चलाउने बैंकका कर्मचारीलाई पहरीले पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । गाउँगाउँमा बैंकमा रकम जम्मा गरिदिन्छु भन्ने तर पैसा आफैं चलाएर ग्राहकलाई नक्कली भौचर दिने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी पक्राउ परेका छन् ।
यसरी १ करोड ३० लाख ठगी गरेको कसुरमा बैंकका कर्मचारी पक्राउ परेका हुन् ।


