अब निष्क्रिय रहेका बैंक खाताको पैसा राज्यकोषमा ल्याइने

काठमाडौँ। निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम राज्यकोषमा ल्याइने भएको छ। सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम राज्यकोषमा ल्याउने निर्णय गरेको हो ।

सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको छ एक सय कार्यसूची मार्फत् साे व्यवस्था गरेकाे हाे। जसअन्तर्गत त्यस्ता खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याइनेछ।

निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग र अन्य स्रोतहरूको पहिचान तथा व्यवस्थापनका लागि सरकारले ९० दिनको समयसीमा तोकेको छ।

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै