National

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो नयाँ योजना, ऋणीहरुलाई व्याजमा १२ प्रतिशतसम्म छुट दिने

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले कोरोनाको बिषम परिस्थतीलाई मध्यनजर गर्दै बैंकका ऋणीहरुले बुझाउन बाँकी असोज मसान्तसम्मको व्याज रकममा १२ प्रतिशतको छुट योजना ल्याएको हो । 
बैंकका ऋणीले २०७७ असोज मसान्तसम्म चुक्ता भुक्तानी गर्न बाँकी रहेको सम्पूर्ण साँवा व्याज रकम भुक्तानी गरे भुक्तानी गरिएको व्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट हुने बैंकले जनाएको छ । 
बैंकको उक्त योजना सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा तथा लघुवित्त वित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागू नहुने बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै