PRABHU BANK

एनएमबि बैंकले ४४ हजार ७ सय ६१ कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने

Nmb bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले मंसिर २६ गतेदेखि संस्थापक समुहको ४४ हजार ७ सय ६१ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो ।
लगानीकर्ताले १ सय ८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मुल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा बैंककै संस्थापक सेयरधनी,अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरमा पुस ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
सो सेयरमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने भएको छ । लगानीकर्ताले न्यनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै