काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकको निधन भएको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवम् वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षकाे उमेरमा निधन भएको हो ।
अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज बिहान ९:५५ बजे निधन भएको हाे।
आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो।
राष्ट्र बैंकमा तीन दशक काम गरेका आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत काम गरेका थिए। आचार्य दुई पटक अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार समेत भएका थिए।

