PRABHU BANK

ग्लोबल आइएमई बैंकले गर्यो ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको हो । यसअघि पनि बैंकले ट्राफिक जनचेतनाको लागि ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।
बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने कार्यमा सहयोग पुर्याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ । बैंकले देशभरी २ सय ५९ वटा शाखा, २ सय ३४ वटा एटिएम, २ सय २० वटा शाखा रहित बैंकिङ्ग सेवा र ४३ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै