फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको डेढ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ। संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १ लाख ८६ हजार ४३३ कित्ता सेयर लिलामीमा राखेको हो।

कम्पनीले सो सेयर सर्वसाधारण सबैले खरिद गर्न मिल्ने गरी लिलामीमा राखेको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर २८० रुपैयाँ तोकिएको छ। सो सेयर खरीदका लागि आवेदन गर्दा न्यूनतम १ लाख कित्ताका लागि र अधिकतममा १० अंकको गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुक खरिदकर्ताले खरिद गर्न चाहेको सेयर संख्या र दर रेट समेत खुलाई काठमाडौँको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

बोलपत्र आज फागुन २६ गतेदेखि चैत १० गते दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ। प्राप्त बोलपत्रहरू चैत ११ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्