हर्क साम्पाङ सुनसरी १ बाट विजयी !

काठमाडौँ। सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई विजयी भएका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनी ३५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बूले छ हजार ४६३ मत प्राप्त गरे।

सो क्षेत्रमा विभिन्न १९ दल र सात स्वतन्त्र गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्