PRABHU BANK

एनआईसी एशिया बैंकको अनलाइन कर्जा आवेदन प्रणाली सार्वजनिक

Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइन कर्जा आवेदन प्रणालीको व्यवस्था गरेको छ । बैंकले कोरोनाको महामारीलाई मध्यनजर गर्दै ग्राहकमैत्री एवं सुरक्षित रूपले https://loanapplication.nicasiabank.comमार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरूवात गरेको हो । 
बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरूप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागि परेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाईसमेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरूवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गरेको छ यसका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाटसमेत ग्राहकहरूले मुक्ति पाउने विश्वास बैंकले लिएको छ ।
यसमार्फत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्ने भएका छन् । ग्राहकहरूले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकहरूले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसपछि ग्राहकहरूलाई कर्जा लिनका लागि छनौट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।
यस्तै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था बारेमासमेत बैंकले एसएमएसमार्फत जानकारी गराउँदै आएको छ । यसैगरी ग्राहकहरूले बैंकको वेबसाइटमा गई Loan Status समेत आफै Track गर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै