काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईको नाममा रहेको ८ हजार कित्ता र निरज पोख्रेलको १२ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनु पर्ने प्रावधान भएकोले संस्थाका संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लघुवित्तले तोकेको यस अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा वा आंशिक सेयर खरिदका लागि मात्र निवेदन प्राप्त भएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

