मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने तयारीमा राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकले आगामी साताभित्र चालु आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने तयारी गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्था छ।

हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार आगामी साताभित्र मौद्रिक समीक्षा ल्याउने गरी काम भइरहेको बुझिएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै