‘डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिनेछ’

काठमाडौँ। नेपाली काँग्रेसले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिने घोषणा गरेको छ। प्रतिज्ञा पत्रको सन्दर्भमा सभापति गगन थापासँग सिधा प्रश्नोत्तर कार्यक्रमपछि काँग्रेसले २ सय पृष्ठ लामो प्रतिज्ञा पत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

बैंक तथा वित्तीय संस्थाहरू नपुगेका दुर्गम ग्रामीण क्षेत्रमा डिजिटल वित्तीय साक्षरता र सेवा केन्द्र’ स्थापना गरी इन्टरनेट नभएको स्थानमा समेत चल्ने ‘अफ्लाइन’ डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गरिने दाबी नेपाली काँग्रेस पार्टीले गरेको छ।

साथै, सीमा क्षेत्रमा रहेका नागरिकहरूले वित्तीय कारोबार र भुक्तानीमा भोग्नुपरिरहेका समस्याहरू समाधान गर्न आवश्यक नीतिगत सहजीकरण तथा पूर्वाधार
विस्तार गर्ने समेत घोषणा गरेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै