काठमाडौँ। चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्ममा वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा ३० अर्ब रुपैयाँ बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले कुल ३० अर्ब १५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका हुन्।
अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्मको तुलनामा बैंकहरुको खर्च ५.९० प्रतिशतले बढेको छ।
यस अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी तलबभत्ता बढी खर्च गरेका छन्। तर, वृद्धिका हिसाबले सिटिजन बैंक अगाडि रहेको छ।
राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्ता सर्वाधिक २ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ। दोस्रोमा सबैभन्दा धेरै खर्च गर्नेमा नबिल बैंक रहेको छ। बैंकले कुल २ अर्ब १४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले कर्मचारीको तलबभत्तामा १ अर्ब ८४ करोड ४४ लाख र सिटिजन बैंकले ८३ करोड ८९ लाख रुपैयाँ खर्च गरेका छन्।
कर्मचारीको तलबभत्तामा सर्वाधिक कम खर्च स्ट्यान्टर्ट चार्टर्ड बैंकले ५२ करोड २२ लाख रुपैयाँ गरेको छ। यता एनआईसी एशिया बैंक र प्रभु बैंकको कर्मचारीको तलबभत्तामा जाने खर्च भने घटेको छ ।

