PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने असोज २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण भोलि २१ गत बुधबारसम्म सेयर कायम गर्ने सेयरधनीहरुले मात्र लाभांश पाउने भएका छन् । कम्पनीले साधारणसभा कात्तिक ६ गते गर्ने भएको छ ।
सभा कास्की जिल्लाको होटल पोखरा ग्राण्डमा कात्तिक ६ गते बिहान ११ बजे हुने बैंकले जनाएको छ । कम्पनीले सभामा सेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुन जानकारी गराएको छ ।
सभाले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभामा सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचित गर्नेछ ।
सभाको प्रस्तावमा उक्त कम्पनीसँग कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै