काठमाडौँ। बैंकहरूको मुद्धती निक्षेपमा नेपाल बीमा प्राधिकरणले लगानी गर्ने भएको छ। वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा नेपाल बीमा प्राधिकरणले लगानी गर्ने भएको हो।
इच्छुक बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषको विवरण खुल्नेगरी आवेदन दिन सक्नेछन्।
प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

