काठमाडौँ। होवलदार युनुसले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र आईएमएफका प्रतिनीधिबिच भेट गरेका छन् । माघ २३ गते उनीहरूबीच भेट भएको हो।
होवलदार युनुसले नेपालका १० ठुला वाणिज्य बैंकको लेखापरिक्षणपछि गभर्नर र आईएमएफका प्रतिनीधिसँग बैठक गरेको हो । उनीहरुबीच विस्तारित कर्जा सुविधा (इसीएफ) का विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
बैठकमा आइएमएफको दक्षिण पूर्व एशिया भोटिङ समूहका कार्यकारी निर्देशक इदवान हाकिमको सहभागिता थियो। बैठकमा मिसनका उद्देश्यहरूबारे छलफल पनि भएको थियो। तस्विरहरू:






