सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा बिक्रीमा राखेको छ। बैंकले २ लाख ६४ हजार बढी कित्ता  संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखिएको छ ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। सो सेयरमा निवेदन दिँदा १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

सेयर खरिदका लागि १५ दिनभित्र काठमाडौँको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्