PRABHU BANK

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्दा शुल्क नलिन कम्पनीलाई दियो निर्देशन

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले कम्पनीहरुलाई शुल्क नलिन निर्देशन दिएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म डिजिटल वालेटमार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा शुल्क नलिन निर्देशन दिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै सेवा शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।यस्तै राष्ट्र बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुको लागि सेवा शुल्क पनि तोकेको छ । सरकारलाई बुझाउने राजश्वअनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने भएको छ ।
१ हजारको कारोबार भएमा निःशुल्क, १ हजारदेखि ३ हजारसम्म कारोबार भएमा ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म कारोबार भएमा १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै