PRABHU BANK

सनराइज बैंक र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरबीच सम्झौता, सामान खरिद गर्दा विशेष छुट पाइने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरबीच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरेको हो ।
बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्नको लागि विशेष योजना ल्याएको हो । उक्त योजना २०७७ असोज २५ गतेदेखि कार्तिक ११ गतेसम्म मात्र लागु हुने भएको छ । 
बैंकले कार्ड तथा ई-बैंकिङ क्षेत्रमा नविनतम सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्ड मार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म तत्काल छुट पाउने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै