विकास बैंकहरुको नाफा २६.४३ प्रतिशतले बढ्यो

काठमाडौँ। विकास बैंकहरुले सवा ३ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्म बैंकहरूले कुल ३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्।

अघिल्लो आर्थिक वर्ष २०८१-८२ को यही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा २६.४३ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले लुम्बिनी विकास बैंक अगाडि रहेको छ।

चालु वर्षको पुससम्म मुक्तिनाथ विकास बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३३.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यहीअवधिसम्म मुक्तिनाले ५० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

त्यस्तै, सबैभन्दा धेरै नाफा कमाउने दोस्रो विकास बैंकमा गरिमा रहेको छ। गरिमा विकास बैंकले ६३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म गरिमाले ५४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १५.६३ प्रतिशतले बढेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्