वाणिज्य बैंकहरुले कमाए ३० अर्ब बढी नाफा

काठमाडौँ। वाणिज्य बैंकहरुले ३० अर्ब बढी नाफा कमाएका छन्। चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्ममा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार नाफा कमाएका हुन्।

जुन गत आर्थिक वर्षको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा वाणिज्य बैंकहरूले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार नाफा कमाएका थिए।

बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार ११ वटा बैंकको नाफा बढ्दा ९ वटा बैंकको नाफा घटेको छ।

दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार नाफा कमाएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्