PRABHU BANK

एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता, विच्याट भुक्तानी सेवा प्रदान गर्ने उद्देश्य

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता भएको छ । बैंक र होल्डिंग्सबीच विच्याट भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
अब कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा वस्तुको खरिद तथा सेवाको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 
एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक बनेको छ । टेन्सेन्ट होल्डिंग्ससँगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार   पनि बन्ने भएको छ । 
उक्त सम्झौतासँगै नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीमा सहज तथा सरल प्रणाली उपलब्ध गराउन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरै सुविधाको लागि ढोका खोल्ने बैंकले जनाएको छ ।
१.१७ अर्व भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवामध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बैंकले जनाएको छ ।
अब चिनियाँ पर्यटकहरुले नेपालमा वस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या वृद्धि गर्न समेत मद्दत गर्नेछ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउनसमेत सहयोग पुग्नेछ । 
विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई विदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै