MAX TIGER

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ३० हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार ५०० सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। सो सेयर खरिदका लागि पहिलो प्राथामिकता बैंकका विद्यामान संस्थापक सेयरधनीलाई दिएको बैंकले जनाएको छ।

यस शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले (माघ गते) देखि ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुकले आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौँमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्