- बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले ‘हातैमा रेमिट्यान्स’ नामक सुविधा सार्वजनिक गरेको छ । बैंकले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरी उक्त सुविधा सार्वजनिक गरेको हो ।
स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो ।
रेमिट केन्द्रहरुमा नपुगी आफैँले मोबाइलबाट सिधै रकम रेमीट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ नाम पनि दिइएको छ ।
स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट सुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने विश्वास बैंकले लिएको छ ।
एकपटकमा बढीमा १ लाख रुपैंयासम्म रेमिट गर्न सकिने भएको छ । प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था पनि मिलाइएको छ ।
यस्तै खाता नभएकाहरुका लागि भने बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा मेगा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने व्यवस्था पनि मेगा बैंकले गरेको छ ।