PRABHU BANK

सेञ्चुरी बैंकका ब्रान्च मेनेजरसहित ४ जनामा कोरोना संक्रमण पुष्टी

Century Bank
  • बैंकिङ संसार
धनगढी । सेन्चुरी बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनगढी शाखाका ब्रान्च मेनेजरसहित ४ जना कर्मचारीमा कोरोना संक्रमण संक्रमण पुष्टी भएको हो । 
बैंकका ब्रान्च मेनेजर, लोन डिपार्टमेन्टका २ जना कर्मचारी र ओपरेशन इन्चार्जलाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई हाल आइसोलेसनमा राखिएको छ । यस्तै संक्रमित कर्मचारीहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई भने होम क्वारेन्टाइनमा राखिएको छ । 
बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा कार्यालय बन्द गरिएको छ । बैंकमा कार्यरत एकजना कर्मचारीमा संक्रमण देखिएपछि अन्यको परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बैंकले जनाएको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने समान्य रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै