वाणिज्य बैंकहरुले बढाए निर्माण क्षेत्रमा कर्जा लगानी, ५ महिनामा २ खर्ब बढी ऋण प्रवाह, नबिल बैंकबाट गयो धेरै ऋण !

काठमाडौँ। वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ५ महिना मंसिरसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले २ खर्ब १५ अर्ब २४ करोड रुपैयाँ निर्माण क्षेत्रमा कर्जा लगानी गरेका हुन् ।

निर्माण क्षेत्रमा बैंकहरुको कर्जा लगानी १२.५८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को मंसिरसम्म निर्माण क्षेत्रमा बैंकहरुबाट १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा १५ वटा बैंकको कर्जा लगानी बढेको छ भने ५ वटाको घटेको छ। चालु वर्षको मंसिरसम्म निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी बैंकमा नबिल रहेको छ ।

नबिल बैंकले निर्माण क्षेत्रमा २५ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २४ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह ३.६२ प्रतिशतले बढेको छ।

नेपाल एसबीआई बैंकले भने निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह गरेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै