मेरोमाइक्रोफाइनान्सको १३औं वार्षिक साधारण सभा सम्पन्न, संचालकहरु निर्बिरोध चयन

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले ५५ प्रतिशत लाभांश सहितको आ.व. २०८१-८२ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

संस्थाको संचालक समितिका अध्यक्ष कल्याण बिक्रम पाँडेको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष पाँडेले चुनौतीपूर्ण आर्थिक परिवेशलाई अवसरमा रूपान्तरण गर्दै सुशासन, सुदृढ जोखिम व्यवस्थापन र सेवाग्राही केन्द्रित कार्यदिशाका साथ संस्था स्थिरता मात्र होइन । दिगो र विश्वासिलो वृद्धितर्फ दृढतापूर्वक अघि बढिरहेको बताए ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाले सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्‌ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताएका छन् ।

सभाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकका नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। त्यस्तै साधारण सभाले सञ्चालक समितिमा ४ जना निर्विरोध निर्वाचित गरेको छ । संस्थापक समूहतर्फ कल्याण बिक्रम पाँडे (ग्लोबल आइएमई बैंक लि), नेपाल भुषण श्रेष्ठ (प्राइम कमर्सियल बैंक लि )सुमन मुलेपती (सिटिजन्स बैंक इन्टरनेशनल लि) र सर्वसाधारण समुहतर्फ सुनिता पौडेल निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्