गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

काठमाडौँ। गरिमा विकास बैंकले आफ्नो लोगो तथा छाप परिवर्तन गरेको छ। बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका साथ मिति २०८२ माघ १ गते विहिबारदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको हो ।

विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत मिति २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानूनी प्रक्रियाहरु पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको हो ।

परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनिय बैकिङ् सेवा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।
यस अवसरमा सम्पूर्ण ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्