युवराज स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

काठमाडौँ। स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका युवराज नेवार रहेका छन्।

सिन्धुलीको गोलन्जोर माथिल्लो बजारस्थित चेकपोष्ट सवारी साधनहरूलाई गर्ने क्रममा अमेरिकीडलरसहित प्रहरीले युवराजलाई पक्राउ गरेको हो।

काठमाडौँबाट ईलामतर्फ जादै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारलाई खोजतलास गर्ने क्रममा ५७ हजार अमेरीकी डलर (१०० को नोट ५७० वटा) र १२ हजार (१००० को नोट १२ वटा) रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुलाई थप अनुसन्धानकोलागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्