विकास बैंकहरुको नाफा घट्यो, कसले कमायो धेरै नाफा ?

काठमाडौँ। विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ५ महिनामा २ अर्बबढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ५ महिनामा विकास बैंकहरुले कुल २ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

५ महिनामा विकास बैंकहरुको नाफा २६.८४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ५ महिनामा बैंकहरूले कुल २ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको सो नाफा कम हो।

विकास बैंकहरुमध्ये गरिमा विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। यस अवधीमा गरिमा विकास बैंकले सबैभन्दा धेरै ५३ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

जुन अघिल्लो वर्षको तुलनामा ४.२७ प्रतिशतले बढी हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्