काठमाडौँ । सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ । बैंक र एनसीएचएलबीच एनपीएस- नेशनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम- नेपाल पे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको हो ।
सम्झौता पत्रानुसार एनपीएस नेशनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको छ ।
सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
देशको सातै प्रदेशमा सानिमा बैंकको १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेको बैंकले जनाएको छ।


