एनआईसी एशिया बैंकमा चोरीको प्रयास, को होला चोर !

काठमाडौँ। एनआईसी एशिया बैंकमा चोरीको प्रयास भएको छ। बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखामा चोरीको प्रयास भएको पाइएको हो।

पुस २८ गते राति एक जना अपरिचित व्यक्तिले बैंक भवनभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरेको सिसिटिभीमा देखिएको छ।

राति कै समयमा बैंकका कर्मचारीहरु पनि प्रहरी लगेर शाखा पुगेका थिए । बैंकको कुनै पनि रकम भने चोरी नभएको पाइएको छ ।

सिसिटिभीमा कैद भएको चोरी गर्ने व्यक्तिको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्