सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकको संस्थापक समूहको ३ लाख ९ हजार ३८२.७२ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको १८ हजार ८४४.७२ कित्ताको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ भने बाँकी सेयरको १०० रुपैयाँ निर्धारण गरिएको बैंकले जनएको छ।

इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन काठमाडौँको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालय पेस गर्न सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्