काठमाडौँ। एनआईसी एशिया बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ। बैंक सञ्चालक समितिको पुस २० गते बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २:१ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।


