PRABHU BANK

एभरेष्ट बैंकले आफ्ना ग्राहकलाई भन्यो-‘प्रयोगमा नआएका मोबाइल नम्बर अद्यावधिक गराउनू’

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई प्रयोगमा नआएका मोबाइल नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । 
बैंकले आफ्ना ग्राहकहरूका लागि एक सूचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो । बैंकले ग्राहकहरूलाई खाता खोल्दा प्रयोग भएका नम्बर तर हाल प्रयोगमा नआएको भए नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको हो । 
बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर १ वर्ष यता प्रयोग गरिएको छैन भने तुरुन्तै बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई आग्रह गरेको हो ।
दूरसञ्चार सेवा प्रदायकहरूले १ वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको छ । सोही कारणले गर्दा बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै