काठमाडौँ । स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । मोरङको विराटनगरबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन् ।
विराटनगर महानगरपालिका १५ स्थित सुनसरी ट्रेडिङ सेन्टर अगाडि सडकबाट अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अग्रवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

