बैंकिङ कसुर मुद्दामा सन्तोष पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम घर भई हाल काठमाडौं बस्ने ३० सन्तोष कुमार साह रहेका छन् ।

झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी भएका उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यलयबाट खटिएका प्रहरीका टोलीले काठमाडौँ चण्डोलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको प्रहरी कार्यालय महोत्तरीमा बैंकिङ कसुर मुद्दामा १ करोड ५२ लाख बिगो, इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा बैंकिङ कसुर मुद्दामा २० लाख बिगो,जिल्ला प्रहरी कार्यालय धनुषामा बैंकिङ कसुर मुद्दामा ८ लाख बिगो र जिल्ला प्रहरी कार्यालय झापामा बैंकिङ कसुर मुद्दामा ३० लाख बिगो रहेको खुल्न आएको छ ।

सन्तोषलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै