PRABHU BANK

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

Sarathi Nepal Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिटिेडको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्थासँग मर्ज भएपछि कायम भएको सारथी नेपाल लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कार्तिक १६ गते आईतबार सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार ८२१ कित्ता सेयर सारथी नेपाल लघुवित्तको नामबाट नेप्सेमा सूचीकृत भएको हो । सारथी र नेपाल लघुवित्त वित्तीय संस्था १ः१ अनुपातमा एक आपसमा गाभिएका हुन् । 
यसका साथै मर्जर प्रक्रियाका लागि रोकिएको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार पनि नेप्सेले १६ गते आईतबार (आज) फुकुवा गरेको छ । लघुवित्तको अब यस कारोबार सिम्बोलमा सोमबारदेखि नेप्सेमा कारोबार हुने भएको छ । यी दुई कम्पनीले गत असोज ५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै