काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा पुस ७ गते सोमबार, काठमाडौँमा सम्पन्न गरेको हो।
साधारण सभाले बैंकको चुक्ता पूँजी तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सयको ५.३५८३ प्रतिशत बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत बराबरको बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव पारित भएसँगै यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,७३,४०,६८,५०५.५३ पुग्ने भएको छ । साधारण सभाले आ.व. २०८१-८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।


